हर्क साम्पाङको पार्टीका उपाध्यक्ष तामाङ निलम्बित

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष तामाङ निलम्बित


काठमाण्डु– श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई पार्टीले निलम्बन गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि उपाध्यक्ष तामाङलाई पार्टीले निलम्बन गरेको हो।

अध्यक्ष हर्क साम्पाङले प्रेस विज्ञप्ति जारी गरी उपाध्यक्ष राजकुमारलाई निलम्बन गरिएको जनाएका छन्।

साम्पाङले भनेका छन्, ‘सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका खातिर अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्बन गरिएको ब्यहोरा सबैलाई जानकारी गराउँदछु।’

राजकुमारविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता थियो। त्यही मुद्दामा उनलाई मंगलबार बुढानिलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरिएको थियो।

उनी यसअघि पनि जेल सजाय भोगिसकेका व्यक्ति हुन्।