काठमाण्डु – दुई करोड १० लाख रुपैयाँ बैंकिङ कसुरका फरार आरोपीलाई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाण्डु बस्ने सन्तोषकुमार साहलाई बिहीबार काठमाण्डु महानगरपालिका–४ चन्डोलबाट पक्राउ गरेको हो ।
उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार भएका थिए । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ ।
उनीमाथि महोत्तरीमा एक करोड ७२ लाख र धनुषामा आठ लाख र झापामा ३० लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर गरेको अभियोग रहेको छ ।




प्रतिक्रिया