काठमाण्डु– इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप महत पक्राउ परेका छन्।
सेवाग्राही महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालयमा आएकी एक सेवाग्राहीले उनीविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई नियन्त्रणमा लिएको हो।
गत असोजमा घटना भएको भन्दै ती महिलाले माघ २३ गते उनीविरुद्ध जाहेरी दिएकी थिइन्।
अहिले उनलाई हिरासतमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया