काठमाण्डु– प्रहरीले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलियालाई पक्राउ गरेको छ ।
सोमबार यातायात कार्यालयमा सेवाग्राहीलाई दुख, हैरानी, दिएको र काममा अवरोध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा खोटाङ घर भएकी १९ वर्षीया इनिमाया राई, ललितपुर घर भएकी २५ वर्षीया निमा लामा, उदयपुर घर भएकी १९ वर्षीया कुसुम दनुवार, ओखलढुंगाका ३२ वर्षीय अर्जुन विश्वकर्मा लगायत छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको स्वीप अप्रेसन प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुलाई ‘अभद्र व्यवहार’मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।




प्रतिक्रिया