चक्कु प्रहार गर्ने एक जना पक्राउ

चक्कु प्रहार गर्ने एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – धारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–२ बस्ने १९ वर्षीय जेरी भन्ने सुशिल क्षत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३ नदीपुरमा सोही महानगरपालिका–४ गणेशटोल बस्ने ३० वर्षीय शैलेस कुमाललाई सुनिलले चक्कु प्रहार गर्दा घाइते भएकोले उपचारको लागि फिस्टेल अस्पताल पोखरा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।