पोखरा विमानस्थल भ्रष्टाचार काण्डका अर्का नाइके स्मार्ट टेलिकम प्रकरणमा समातिए

पोखरा विमानस्थल भ्रष्टाचार काण्डका अर्का नाइके स्मार्ट टेलिकम प्रकरणमा समातिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल सरकारको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टोखा नगरपालिका–७ बस्ने ६२ वर्षीय नरेन्द्र उलाक र ललितपुर महानगरपालिका–३ झम्सिखेल बस्ने ५५ वर्षीय पलिना श्रेष्ठ रहेका छन्।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोप उनीहरुमाथि छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम ०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको स्मार्टको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना तथा प्रणाली नेपाल सरकारको स्वामित्वमा आएको थियो।

वैशाख २१ मा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको थियो । आरोपीहरू विरुद्ध प्रहरीले आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

व्यापारी तथा बिचौलिया उलाकलाई नागरिक उड्डयन प्राधिकरणको टेन्डर प्रक्रियामा सेटिङ मिलाउनेमा मुख्य नाइके नै मानिन्छ । हाल हिरासतमा रहेका प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले बढी कमिसन आउने सबैजसो आयोजनाको जिम्मा उलकलाई दिनेगरेको आरोप लाग्दै आएको छ । पोखरा विमानस्थल निर्माणका क्रममा चिनियाँ ठेकेदार कम्पनीको नेपाली दलालका रुपमा उलाक नै अगाडी रहेका थिए ।

ई.पी.सी. मोडेलमा पोखरा विमानस्थल निर्माण कार्य शुरु भएदेखि उलाक २४सैं घण्टा अधिकारीसँग उठबस गर्दै आएका थिए । पोखरा आयोजनामा भएको भ्रष्टाचारको रकम उही दलालमार्फत सेटिङ गरेर कारोबार हुने गरेको बताइन्छ ।

उलक (नेकपा) माओवादी सँग निकट रहेका थिए ।