काठमाण्डु– दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन्।
बैंकिङ कसुरको आरोपमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
शाहीले दिएको ५ लाख रूपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
अदालतबाट म्याद पनि थप गरेर शाहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।




प्रतिक्रिया