काठमाण्डु–घरमा लुकाएर राखेकाे पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको गढीमाई नगरपालिका–१ स्थित समनपुरका ५१ वर्षीय बिरेन्द्र राउत रहेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले उनको घरमा झारले छोपेर राखेको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले बताइन् ।
आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया