काठमाडौं – काठमाडौंको नागार्जुनमा सामान्य झगडाका क्रममा एक समुहले धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् ।
हतियार प्रहारबाट गम्भीर घाइते भएका नागार्जुन नगरपालिका–५ का २५ वर्षीय आकाश बस्नेतको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागार्जुननगरपालिका–४ सितापाईला शरणपुर बस्ने सुर्खेतको बिरेन्द्रनगरनगरपालिका–१ बाङ्गेसिमलका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ्गको गजुरी गाउँपालिका–२ का २० वर्षीय साकार भन्ने सागर तामाङ र दोलखाको मेलुङ्ग गाउँपालिका–५ डाँडाखर्कका २३ वर्षीय सरोज भन्ने सुवास श्रेष्ठ (बुलेट) रहेका छन् ।




प्रतिक्रिया