काठमाडौं – प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत, लैनचौरका प्रहरी नायब सन्तोष सिह राठौरको टोलीले ढल्कुबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखा चुमनुब्री गाउँपालिका–३ का ५३ वर्षीय लालबहादुर गुरूङ, मकवानपुर गढी गाउँपालिका(२ का ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङको थाक्रे गाउँपालिका–११ का ३४ का वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट गैंडाको खाग र सेतो सिसाको पत्थरजस्तो देखिने वस्तु बरामद गरेको छ ।




प्रतिक्रिया