ठमेलको दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

ठमेलको दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ठमेलको एक दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले निकट युवा संघका एक केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो ।

कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएकोमहानगरीय प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।