गोली बोकेर जापान उड्न लागकी एक महिला विमानस्थलबाट पक्राउ

गोली बोकेर जापान उड्न लागकी एक महिला विमानस्थलबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ परेकी छन् । गोली बोकेर जापान उड्न लागेकी भानु नगरपालिका–७ तनहुँकी २७ वर्षीया सोविता नेपालीलाई विमानस्थल सुरक्षा प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले एक राउण्ड गोली फेला पारेको हो । लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी ढकालले जानकारी दिए ।