काठमाडौं – आफूलाई धर्ती माता दाबी गर्दै युवतीहरुलाई यातना दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल घर भएकी कथित धर्ती माता विष्णु कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।
कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही दिन अघि राजधानीको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
भिडियोमा कुँवरले युवतीमाथि निर्दयतापूर्वक कुटपिट गरेकी छन् । यस्तै कुँवरले युवतीको मासु खाने पनि बताएकी छन्




प्रतिक्रिया