धनुषा – धनुषा जिल्लाको दक्षिणी सिमावर्ती नाका नगाराइन नगरपालिका–२ जटहिबाट प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट नगाराइनको टोलिले चेक जाँचको क्रममा धनुषा जिल्ला मिथिला नगरपालिकाका तीन जना युवालाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वार्ड न.५ का ३६ वर्षीय लक्ष्मण महतो, १७ वर्षीय राम किशोर महतो र सोही नगरपालिका वार्ड न.३ का २२ वर्षीय चन्द्र देब प्रसाद कुशुवा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट नगराइनका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काले जानकारी दिए ।
सशस्त्र प्रहरी निरीक्षक खड्काका अनुसार भारतबाट ज ९ प ८३८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तीन जनालाई शंका लागेर चेकपोष्टमा बुधबार राति ११ः०० बजेको समयमा चेकजाँच गर्दा २२ बोतल डाइलेक्स डि.सि, नाइट्राभेट टयाब्लेट र स्पासमो लागुऔषध फेला परेको हो । पक्राउ परेका तीन जनालाई मोटरसाइकल सहित आबश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।




प्रतिक्रिया