हतियार ओसारपसारमा संलग्न ४ जना पक्राउ

हतियार ओसारपसारमा संलग्न ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । आइतबार हतियार ओसारपसारमा संलग्न ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धनुषा विदेह नगरपालिका–६ बस्ने २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, सोही ठाउँका १९ वर्षिय सोबिन मण्डल, सोही नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय अविनाश मण्डल र सिरहा औरही गाउँपालिका–६ घर भई हाल धनुषाको विदेह नगरपालिक–६ बस्ने ३५ वर्षीय मिश्रीलाल मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ परेका ४ जना हतियार ओसापसार कार्यमा संलग्न देखिएको अनुसन्धानबाट फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुमाथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।