काठमाडौं – धादिङमा एक पिताले आफ्नै छोरीलाई खुर्पा प्रहार गरेका छन् ।
खुर्पा प्रहार गरेको अभियोगमा निलकण्ठ नगरपालिका–१४ आमबोटे बस्ने ४५ वर्षीय बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ओस्तीले १९ वर्षीया छोरी सुनितालाई खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएको हो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
छोरीलाई खुर्पा प्रहार गर्नुको कारणबारे भने खुल्न नसकेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया