काठमाडौं – तिहारको समयमा राजधानीको महाराजगन्जबाट पक्राउ परेका २५ हाइप्रोफाइल जुवाडे धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा रिहा गरेपनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने देखिएले उनीहरुलाई पुनः पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
महाराजगन्ज प्रहरीबाट पक्राउ पर्नेमा क्यासिनो किङ भनेर चिनिएका बलराम सापकोटालगायत रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख बरामद गरेको थियो । जुवाखालबाट बरामद भएको रकम अकुत सम्पत्ति रहेको हुनसक्ने आशंकामा अनुसन्धान हुन लागेको बताइएको छ ।




प्रतिक्रिया