काडमाडौं – देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’लाई प्रहरीले पक्राउ गरेको छ । सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र महाविनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया