डडेल्धुरा – सुदूरपश्चिम प्रदेश स्थित डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका हुन् ।
डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार साझ आरोपित ससुराले बुहारी नाता पर्ने २२ वर्षीया महिलालाई उनकै कोठामा गएर बलात्कार गरेका थिए ।
जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ४७ वर्षिय ती पुरुषलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।उनीमाथि जर्बजस्ती करणी मुद्दा चलाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।




प्रतिक्रिया