मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुससहित रंगेहात पक्राउ

मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुससहित रंगेहात पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय शाखा बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।