एयरपोर्टबाट १ लाख ५९ हजारसहित दुबई उड्न लागेका भारतीय नागरिक पक्राउ

एयरपोर्टबाट १ लाख ५९ हजारसहित दुबई उड्न लागेका भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियाल सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतीय नागरिक ४७ वर्षीय आश्फिक मिर्जा छन् । उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाभित्र फल्स बटम बानाई लुकाई छिपाई राखेको ५ सय दरका ३१८ थान गरी उक्त रकम बराबरको साउदी रियाल प्रहरीले फेला पारेको हो ।

पक्राउ भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।