बानेश्वरमा डाक्टरलाई मार्ने बस र चालक पक्राउ

बानेश्वरमा डाक्टरलाई मार्ने बस र चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको गाडी प्रहरीले फेला पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो ।

बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो ।

जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएपछि प्रहरीले दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानका आधारमा डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको परिसरका प्रवक्ता होमिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएपनि बस चालकले सो कुरा स्वीकार गरेका छैनन् । प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताए । काठमाडौं–रामेछाप रुटको उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो ।