डा. श्रेष्ठलाई अपहरण गरि फिरौती माग्ने पक्राउ

डा. श्रेष्ठलाई अपहरण गरि फिरौती माग्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठको अपहरणका मुख्य योजनकार पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले बिहीवार काठमाडौंका ४१ वर्षीय गौतम योञ्जनलाई पक्राउ गरेको हो ।

योञ्जनको समूहले २०६७ जेठ ४ गते चितवन भरतपुर नगरपालिका १० स्थित चौबिसकोटीबाट डाक्टर श्रेष्ठलाई अपहरण गरेको थियो । बीपी क्यान्सर भरतपुरका निर्देशकसमेत रहेका श्रेष्ठलाई अपहरण गरी काठमाडौं र नुवाकोटमा राखेर फिरौती रकम लिएको थियो ।

फिरौती रकम पाएपछि योञ्जनको समूहले डाक्टर श्रेष्ठलाई धादिङमा लगेर १८ दिनपछि अपहरणमुक्त गरेका थिए ।