काठमाडौं – प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फ्लाई दुबाईबाट काठमाडौं ओर्लिएका सुजिल हरेराम रहेका छन् । उनलाई विमानस्थल प्रहरी र भन्सार कार्यलयले मंगलबार बिहान आधा केजी सुनसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त सुन हरेरामले मलद्वारमा लुकाएर ल्याएका थिए । पक्राउ परेका हरेरामलाई प्रहरी थुनामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया