राजपाका केन्द्रीय सदस्य पक्राउ

राजपाका केन्द्रीय सदस्य पक्राउ


काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

बुधबार दिउँसो साढे १२ बजे सर्लाही बरहथवाका रामबाबु राय यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो ।

यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको सर्लाहीका डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए ।