विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाउने दुई जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाउने दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका–९ का उद्धव घतानी र झापा मेची नगरपालिका–१० बस्ने गोरे भन्ने नर बहादुर श्रेष्ठ रहेका छन् ।

घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाईदिने प्रलोभनमा पारी १ लाख ६० हजार रूपैयाँ र १ हजार अमेरिकी डलर समेत लिई दुबई हुँदै लिबियाको त्रिपोली पुर्‍याई २०७५ भदौ महिनादेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाई राखेको घटनाको अनुसन्धान गर्न व्यूरोबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।
साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुर्‍याई एक अपार्टमेन्टमा बन्धक बनाउने कार्यमा संलग्न श्रेष्ठलाई व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका–१० स्थित उनकै घरमा फेला पारी आज पक्राउ गरेको हो ।

नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो । दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।