मालपोत बाराका प्रमुख र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ

मालपोत बाराका प्रमुख र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाराको सिमरास्थित मालपोत कार्यालयका प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुबाट खटिएको टोलीले खनाल र बडाललाई ६ लाख घुससहित अमलेखगञ्जस्थित जग्गा होटलबाट पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस मागेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसाल जानकारी दिए ।

शुक्रबार नियन्त्रणमा लिएका उनीहरुलाई अख्तियारले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।