सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जना पक्राउ

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गर्नेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा फेकोफनका अध्यक्ष भारती पाठकसहित महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत रहेका छन् ।

उनीहरुले आज नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै प्रदर्शन गरेका थिए । फेकोफनका सचिव ठाकुर भण्डारीले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको बताएका छन् । प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको उनको भनाई छ ।