संसद भवनअगाडी नक्कली बम राख्ने व्यक्ति पक्राउ

संसद भवनअगाडी नक्कली बम राख्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ बानेश्वरस्थित संसद भवनअगाडी नक्कली प्रेसर कुकर बम राख्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध काभ्रेका सुवास महत रहेको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो । एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘बम’ राखिएको थियो ।

प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज भेटिएको थियो ।