काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अप्सरा श्रेष्ठ (कार्की) लाई पक्राउ गरेको छ ।
ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अप्सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०–२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै विश्वास दिलाई ब्ल्याङ्क चेक लिने र आफू खुशी रकम लेखी चेक बाउन्स गराई, सावाँ, व्याज अशुल गरे पनि चेक फिर्ता नगरी आफुखुशी रकम थप गरी दुखस् हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
अप्सराको पसलबाट बिभिन्न बैकका ब्ल्याङ्क चेक लगायत सामानहरु समेत प्रहरीले बरामद गरेको छ ।




प्रतिक्रिया