पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ सर्वाजनिक (भिडियोसहित)


काठमाण्डु – अभिनेत एवम् मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ ।

गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत् बजारमा ल्याएको हो ।

आरबी लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ ।

रामकुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका छन् ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन । एक नाबालिक गायिकाले करणी गरेको आरोप लागेपछी उनी आँफैँ तनहुँँ प्रहरी कार्यालयमा पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement