पेलेजस्तै एमबाप्पे

पेलेजस्तै एमबाप्पे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – टिनएज स्टार केलिएन एमबाप्पेले दुई गोल गर्नुका साथै अर्को गोलको पनि अवसर बनाउँदा फ्रान्सले अन्ततः विश्वकपमा आफ्नो आक्रामक फुटबलको लय भेटाएको छ । यही कारण फ्रान्सले शनिबार लियोनेल मेसीको अर्जे्न्टिनालाई ४–३ ले पराजित गरी क्वार्टरफाइनल पुगेको छ ।

अर्जे्न्टिनाका आशा सबै मेसी केन्द्रित भइरहँदा कजानमा पेरिस सेन्ट जेर्मेन (पीएसजी) का १९ वर्षे एमबाप्पेले सबै चर्चा आफूतिर ताने । सन् १९५८ मा पेलेले २ गोल गरेयता विश्वकपको एकै खेलमा २ गोल गर्ने एमबाप्पे कम उमेरका खेलाडी हुन् ।

दबाबमा रहेका अर्जे्न्टिनाका प्रशिक्षक जर्जे साम्पाउलीले आक्रामक टोली उतार्ने बताएको थिए । अर्जे्न्टिनी प्रशिक्षकले भनेको त्यो फुटबल फ्रान्सेली स्ट्राइकरले देखएका थिए । मार्कोस रोहोले एमबाप्पेलााई लडाएपश्चात् फ्रान्सले १३ औं मिनेटमै पेनाल्टी पाएको थियो । त्यसमा एन्टोइन ग्रिजमनले आरामदायी गोल गरेका थिए । तर, पीएसजीमा एमबाप्पेसँगै खेल्ने एन्जल डी मारियाले लामो दूरीबाट सानदार गोल गरी अर्जे्न्टिनालाई ४१ औं मिनेटमा बराबरीमा ल्याए ।

मध्यान्तरलगत्तै अर्जे्न्टिनाले पुनः अग्रता लियो । मेसीको कर्लिङ प्रहार ग्याब्रिइल मेर्काडोको खुट्टामा डिफ्लेक्टेड हुँदा फ्रान्सका गोलरक्षक हुगो लोरिस अर्कोतर्फ पुग्न पुगे । फ्रान्सले ५७ औं मिनेटमा रक्षक बेन्जामिन पाभार्डको सनसनीपूर्ण हाफ भलीबाट खेल २–२ को बराबरमिा ल्यायो । एमबाप्पेले ६४ र ६८ औं मिनेटमा जितेर फ्रान्सको जित निश्चित जस्तै गरे । मेसीकै पासमा वैकल्पिक सर्जियो अगुइरोले हेडमा गोल गरी अर्जे्न्टिनालाई झिनो आशा देखाएका थिए ।

खेलमा अग्रता लिएर पनि फ्रान्स पछिल्लो पटक १९८२ को विश्वकपमा पोल्यान्डसँग पराजित भएको थियो । पराजयले मेसीको अन्तर्रा्ष्ट्रिय खेल जीवन विश्वकप उपाधि बिनै सकिने लगभग निश्चित भएको छ । गतवर्ष अर्जे्न्टिनालाई फाइनल र्पुयाएका मेसी ३१ वर्षका भइसकेका छन् । अर्को विश्वकप आइपुग्दा उनी ३५ वर्ष भइसक्ने छन् । अर्जे्न्टिनाले १९८६ यता विश्वकप जित्न सकेको छैन ।

अर्जे्न्टिनाले पहिलो हाफमा फ्रान्सका रक्षक सामुइल उम्टिटीका हातमा बल लागेको भन्दै गरेको पेनाल्टी अपिललाई रेफ्रीले अस्वीकार गरेका थिए । त्यसपछि मेसीलाई पेनाल्टी बक्समा लडाइएका थिए । गोलसँग फ्रान्सले खेलमा पकड बनाए पनि दोस्रो हाफमा अर्जे्न्टिनाले निकै राम्रो प्रदर्शन देखाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।