अमेरिकाद्वारा प्यालेस्टाइनका राष्ट्रपति अब्बासलाई राष्ट्रसंघ प्रवेशमा रोक

अमेरिकाद्वारा प्यालेस्टाइनका राष्ट्रपति अब्बासलाई राष्ट्रसंघ प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्यालेस्टाइनीका राष्ट्रपति महमूद अब्बास आगामी महिना आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नपाउने भएका छन् ।

विश्वका शक्ति राष्ट्रहरुले प्यालेस्टाइन स्वतन्त्र राज्यको पक्षमा बोल्ने तयारी गरिरहेका बेला अमेरिकाले अब्बाससहित ८० जना अन्य प्यालेस्टाइनी अधिकारीहरुको भिसा रद्द गरेको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अब्बासमाथ शान्तिका लागि भइरहेका प्रयासलाई कमजोर पार्ने तथा एक काल्पनिक प्यालेस्टाइन राज्यको एकतर्फी माग गरेको आरोप लगाएका छन् ।

अमेरिकाले गरेको यो निर्णयको इजरायलले स्वागत गरेको छ । इजरायलले २ वर्षको बीचमा ६३ हजारभन्दा बढी प्यालेस्टाइनीको गाजामा हत्या गरिसकेको छ । मारिने अधिकांश बालबालिका छन् ।

अमेरिकाले राष्ट्रसंघ महासभामा आउने सबै देशका अधिकारीहरुको यात्रा सहज बनाउने गरेको थियो । तर यो निर्णयलाई संसारभर विश्यमका रुपमा लिइएको छ ।

फ्रान्स,अष्ट्रेलिया,क्यानडासहितका देशले प्यालेस्टाइन स्वतन्त्र राज्यको पक्षमा उभिएका बेला अमेरिकाले यो निर्णय गरेको छ । फ्रान्सले महासभामा सो प्रस्ताव नै लैजानेगरी अगुवाई गरिरहेको छ ।