काठमाण्डु – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहि थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । निर्विरोध भएकासहित ४१ गाउँपालिकाको नतिजा अनुसार नेकपा एमालेले एक नगरपालिकासहित १५ स्थानीय तहमा बाजी मारेको छ ।
ती पालिकामा प्रमुख पद जितेर एमालेले अग्रता कायम गरेको हो । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । उसले ११ पालिकाको प्रमुख जित्न सफल भएको हो ।
तेस्रो स्थानमा नेकपा नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित १३ स्थानीय तहमा प्रमुख जितेको छ । चौथो स्थानमा नेकपा एकीकृत समाजवादी छ । नेकपा एसले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।
अन्य पार्टीले भने अहिलेसम्म पालिकामा खाता खोलेका छैनन् ।
एमाले
१.शे–फोक्सुन्डो
डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भएका छन्।
२.चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन्।
३. लो–घेकर दामोदरकुण्ड
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्।
४.मनाङको ङिस्याङ
एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्।
कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए। उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए।
५.मुस्ताङ वारागुङ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन्। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन्।
६. लोमान्थाङ गाउँपालिका
एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पनि जित हासिल गरेको छ। एमालेका टसी न्हुर्वु गुरुङले ६६८ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा पनि एमालेकै छयुमी विष्ट गुरुङ विजयी भएकी छन्।
७. सोलुखुम्बुको खुम्बु पासाङल्हमु
सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका मिङमा छिरी शेर्पाले २ हजार २८ मत ल्याई विजयी भएका हुन्।
एमालेका प्रतिस्पर्धी चुङब शेर्पाले १ हजार ६०९ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पाले २ हजार २३ मत ल्याई विजयी भएको छ।
८.नवलपुरको बौदीकाली
नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी भएका छन्। ओझाले ३ हजार ९७६ मत प्राप्तगर्दा कांग्रेसका खडकबहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गरेका हुन्। उपाध्यक्षमा एमालेकी डिल कुमारी केसीले ३ हजार ९६२ मत प्राप्तगरी विजयी भएकी छन्।
९. बाजुराको साइपल
बाजुराको साइपल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी भएका छन्। मानवीरले ६७५ मत ल्याउँदा कांग्रेसका उजले बोहराले ६१३ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकै डोल्मा तमाङ ६७५ विजयी भएकी छन्।
१०. थलारा गाउँपालिका
बझाङको थलारागाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए।
११. मुस्ताङको थासाङ
मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदीप गौचनले १ हजार १४४ मत ल्याई विजयी भएका छन्।
१२. म्याग्दीको मालिका
म्याग्दीको मालिका गाउँपालिकामा बेगप्रसाद गर्बुजा विजयी भएका छन्। अध्यक्षमा ३ हजार ९१ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी भएकी छन्।
१३. तेह्रथुमको मेन्छयामेम
तेह्रथुमको मेन्छयामेम गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका यादव बहादुर खापुङले २ हजार ५५ मत ल्याएको छ।उपाध्यक्षमा नेपाली कांग्रेसकी तीतादेवी तिम्सिना १ हजार ९८६ मत ल्याई विजयी भएकी छन्।
१४. स्याङजाको हरिनास
स्याङजाको हरिनास गाउँपालिकामा एमालेका निवर्तमान अध्यक्ष खिमनारायण मानन्धर ४ हजार ७६९ मत ल्याई विजयी भएका छन्। उपप्रमुखमा एमालेकै इन्द्रकुमारी थापा राना ४ हजार ७४० मत ल्याई विजयी भएकी छन्।
१५. दार्चुलाको माहाकाली
दार्चुलाको माहाकाली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका नर सिंह चैंसिर ५ हजार ३ मत ल्याएका हुन्। उपप्रमुखमा एमालेकै दुर्गा कुमारी खत्री ४ हजार ६३६ मत ल्याएकी छन्।
नेपाली कांग्रेस
१.मनाङको नार्पाभूमि
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्।
२.मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन ७ सय ६० मत ल्याई विजयी भएका छन्। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भइन्।
३. मनाङको नासोँ
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका छन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरी विजयी भए।
४.गुल्मीदरबार
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापाले ६ हजार १६६ मत प्राप्त गरी विजयी भए।
५.रेसुङ्गा
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए। यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृता देवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी भइन्।
६.गन्यापधुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्
७. खार्पुनाथ गाउँपालिका
हुम्लाको खार्पुनाथ गाउँपालिका गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादीले जित हासिल गरेको हो। अध्यक्षमा कांग्रेसका कर्ण बहादुर रावल र उपाध्यक्षमा माओवादीका ज्ञान बहादुर सिंह विजयी भए।
८. डोटीको बडीकेदार
डोटीको बडी केदार गाउँपालिकामा नेपाली कांग्रेसका कांग्रेसका भैरवबहादुर साउद २ हजार ३४३ मत ल्याई विजयी भएका छन्। उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी डम्मरी कुमारी विष्ट २ हजार ४०७ मत ल्याएकी छन्।
९. बाग्लुङको तमानखोला
बाग्लुङको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका जोकलाल बुढा २ हजार ७०७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै हिरा कुमारी छन्त्याल विजयी भएकी छन्।
१०. बाजुराको स्वामीकार्तिक
बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेसका भरत बहादुर रोकायले २ हजार ११ मत प्राप्त गरी विजयी भएका छन्। उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले १ हजार ८१० मत प्राप्त गरेकी छन्।
११.सोलुखुम्बूको लिखुपिके
लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसकी मिनादेवी कार्की विजयी भएकी छन्। उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पा विजयी भएकी छन्।
माओवादी केन्द्र
१.जगदुल्ला
नेकपा माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकामा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ। अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन्।
२.नौमुले
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ। छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकाल्दा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन्।
३.अपिहिमाल
दार्चुलाको अपिहिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पराजित गर्दै विजयी भएका हुन्।
४.बाग्लुङको ताराखोला
बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी भएको छ। तारा खोलामा माओवादीका धन बहादुर वि.क विजयी भएका हुन्। उपाध्यक्षमा नेपाली कांग्रेसका भीम बहादुर रोक विजयी भएका छन्।
५. लिम्चुङबुङ
उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादीका मेजरकुमार राई पालिका अध्यक्षमा निर्वाचित भएका हुन्। पालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका पुष्पलाल राई विजयी भएका छन्।
६. जन्ते ढुंगा
खोटाङको जन्ते ढुंगा गाउँपालिका प्रमुखमा माओवादीकी अरुणा देवी राईले निवर्तमान अध्यक्ष समेत रहेका एमालेका शंखरबहादुर राईलाई पराजित गरेका छन्। गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का निर्वाचित भए।
७. रोल्पाको थवाङ
रोल्पाको थवाङमा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्।
८. दार्चुलाको नौगाड
दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धामीले ३ हजार ५८९ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्नाले ३ हजार ७६७ मत ल्याइ विजयी भएका छन्।
९.हुम्लाको ताजाकोट
हुम्लाको ताजाकोट गाउँपालिका माओवादीबाट अध्यक्षका उम्मेदवार लालकेस जैसीले १८ सय १० मत ल्याएर विजयी भएका छन्।
१०.गोरखाको अजिरकोट
गोरखाको अजिरकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। सार्वजनिक मतपरिणाम अनुसार माओवादीका अध्यक्ष उम्मेदवार दीपक देवकोटा विजयी भएका हुन्। कांग्रेसका गोविन्दबहादुर गुरुङलाई पराजित गर्दै देवकोटा विजयी भए।
अजिरकोट गाउँपालिका १, २ र ३ वडामा माओवादी विजयी भएको छ। ४ नम्बर वडामा कांग्रेस विजयी भएको छ। उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अनिता भुजेल विजयी भएकी छन्। उनले पनि कांग्रेसकै इन्द्र गुरुङलाई हराएकी हुन्।
११. थुलुङ दुधकोशी
नेकपा माओवादी केन्द्रले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ। माओवादीबाट पालिका अध्यक्षका उम्मेदवार असिम राई विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका वीरबहादुर गुरुङलाई पराजित गरे।
यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई निर्वाचित भइन्। उनले कांग्रेसकै एककुमारी बस्नेत कार्कीलाई पराजित गरेकी छन्। सो पालिकाको ७ र ९ वडामा माओवादी विजयी भएको छ।
१२ मार्मा गाउँपालिका
दार्चुलाको मार्मा गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जमनसिंह धामी अध्यक्षमा निर्वाचित भएका छन् । धामीले ३ हजार ८ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवसिंह महरले ३ हजार ८४ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी शर्मिला सिंह निर्वाचित भएकी छन् ।
१३ चन्द्रकोट गाउँपालिका
गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केसीले ५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् ।
एकीकृत समाजवादी
१. काइके
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए। उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए। २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
२. छर्का ताङसोङ
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध भएका थिए। २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए।




प्रतिक्रिया