काठमाण्डु – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहि थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । निर्विरोध भएकासहित २० पालिकाको नतिजा अनुसार नेकपा एमालेले ८ स्थानीय तहमा बाजी मारेको छ ।
ती पालिकामा प्रमुख पद जितेर एमालेले अग्रता कायम गरेको हो । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । उसले सात स्थानीय तहको प्रमुख जित्न सफल भएको हो । एमालेले सात स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ भने उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले पनि आठ स्थानीय तह जितेको छ ।
तेस्रो स्थानमा नेकपा नेकपा माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ । दुई स्थानीय तहमा माओवादीले उपप्रमुख/उपाध्यक्ष जितेको छ । चौथो स्थानमा नेकपा एकीकृत समाजवादी छ । नेकपा एसले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।
अन्य पार्टीले भने अहिलेसम्म पालिकाका खाता खोलेका छैनन् । मतगणना जारी भएका २६८ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेको १७९ स्थानीय तहमा अग्रता देखिएको छ ।
नेकपा माओवादी केन्द्रको १०६ स्थानीय तहमा अग्रता देखिएको छ भने नेकपा एकीकृत समाजवादीको १२ स्थानीय हमा अग्रता देखिएको छ । जनता समाजवादीले २५ स्थानीय तहमा अग्रता कायम गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी ६ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।
एमालेले जितेका प्रमुख स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका, बजाङ
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख
३. ताराखोला गाउँपालिका, बाग्लुङ




प्रतिक्रिया