पाकिस्तानी सेना प्रवक्ता भन्छन् -भारत चकित पर्ने गरी अप्रत्याशित कारबाही गछौं

पाकिस्तानी सेना प्रवक्ता भन्छन् -भारत चकित पर्ने गरी अप्रत्याशित कारबाही गछौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूरले भारतलाई पाकिस्तानले जवाफ दिन तयार रहेको भन्दै चेतावनी दिएका छन्। जम्मू-कश्मीरको पालुवामा भएको आक्रमणको बदला लिने भन्दै भारतले बारम्बार युद्धको धम्की दिएपछि पाकिस्तानका सेनाले यस्तो जवाफ दिएका हुन् ।

सेनाका प्रवक्ता मेजर गफूरले भनेका छन्, ‘बेवकुफ साथीभन्दा विचारवान् शत्रु राम्रो हुन्छ । भारत दुश्मनीमा बेवकुफ र झुठको सहारा लिन्छ । प्रवक्ता गफूरले भने ‘भारतीय मिडियाले दाबी गरेका छन् कि भारतीय वायुसेनाको विमान २१ मिनेटसम्म पाकिस्तानी सीमामा रह्यो । तर, हामी भनिरहेका छौँ उनीहरु फेरि आउन् र २१ मिनेटसम्म पाकिस्तानी भूमिमा बसेर देखाउन् ।’ उनका अनुसार भारतीय विमान सीमासम्म आएको सूचना राडरबाट प्राप्त भएको थियो ।

पाकिस्तानको सेनाले अप्रत्याशित कारबाहीका निम्ति तयार रहन भारतलाई चेतावनी समेत दिएको छ। भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने पाकिस्तानी सेनाले बताएको छ । सैनिक प्रवक्ता मेजर गफूरले चकित पर्न तयार रहन भारतलाई सावधान गराए। भारतले उसका लडाकु विमानले जैश-ए-मोहम्मद सङ्गठनको आत्मघाती हमलाकारीहरूको प्रशिक्षण शिविर ध्वस्त पारिदिएको बताएको छ।

पाकिस्तानले चाहिँ भारतीय विमानहरूलाई आफ्ना विमानले फर्कन बाध्य पारिदिएको र कुनै हताहती नभएको बताएको छ। जम्मू-कश्मिरमा “एउटा त्रासको वातावरण छ। सीमामा रहेका भूभागमा अब के होला भन्ने त्रास र पाकिस्तानले अब के गर्ला? भन्ने चिन्ता व्याप्त रहेको छ।“सन् २०१६ को सेप्टेम्बरमा उरीस्थित भारतीय सेनाको अखडामा भएको हमलापश्चात् ’सर्जिकल स्ट्राइक’ मार्फत प्रतिक्रिया जनाउने भारतको चेतावनीले पनि त्यस्तै अवस्था निम्त्याएको थियो।

यतिखेर चाहिँ उनीहरूले पाकिस्तानको अन्तर्रा्ष्ट्रिय सीमा नै पार गरेर कैयौँ वर्षदेखि त्यहाँ रहेका भनिएका कश्मीरी विद्रोहीको शिविरमा हमला गरेका छन्। पाकिस्तानी सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ र स्थानीय प्रहरीलाई पनि त्यहाँ जान दिइएको छैन। मंगलबार बिहान भारतीय वायुसेनाले बालाकोट क्षेत्रमा एक हजार किलो विस्फोटक पदार्थ खसालेको थियो ।

यो आक्रमणलाई लिएर भारत र पाकिस्तानले आआफ्नो दाबी गरिरहेको छ । भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ । पाकिस्तानले जवाफी कारबाही गरेपछि भारतीय सेना बम खसाल्दै भागेको दाबी गरेको छ ।