कलाकार पल्पसाले पाँच बर्षदेखि किन लुकाइन् मिर्गौलाको समस्या ?


काठमाण्डु – हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मिर्गौला फेल भएको छ । उनि हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।

पाँच बर्ष देखि नै मिर्गौलामा समस्या भएपनि उनले आफ्नो समस्या सार्वजनिक गरेकी थिइनन् । पल्पसाकी नजिककी साथी दिपाश्री निरौलाका अनुसार छोरीहरुलाई तनाव नदिनकै लागि पल्पसाले समस्या लुकाएकी थिइन् । तर, उनले डाक्टरहरुको सल्लाह अनुसार औषधि उपचार गराइरहेकी थिइन् ।

अस्पतालमा डायलइसिस चलिरहँदा शुक्रबारदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरुले बताएका छन् । पछिल्लोपटक गरिएको डायलइसिसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

युरोलोजिष्ट डा. नारायण भुषालका अनुसार डाइबेटिजका कारण ४० प्रतिशत मिर्गौला खाराव हुने गर्दछ । उनि भन्छन्, ‘मिर्गौला खराब हुने धेरै कारणहरू छन् । मेरो अनुभवअनुसार पछिल्ला दिनमा ४० प्रतिशत मिर्गौला बिग्रने कारण डाइबेटिज हो । त्यसपछि उच्च रक्तचापले पनि ३० प्रतिशत खराबी निम्त्याउँछ । त्यसपछि १५ प्रतिशत मिर्गौला आफैँ सुकेर जाने समस्या पनि छ । अर्को इन्फेक्सनले गर्दा पनि मिर्गौला बिग्रन्छ ।’

इन्फेक्सनले गर्दा पनि मिर्गौला बिग्रने डा भुषाल बताउँछन् । प्रत्येक मिर्गौला सिमीको गेडा आकारको अर्थात १० देखि १२ सेन्टिमिटरसम्म लामो हुने उनले बताए । यसको मुख्य काम रगतमा हुने फोहोरमैला छान्ने नै हो । यसले इराइथोपोइटिन भन्ने हर्मोन उत्पादन गर्छ ।

यो हर्मोनको रातो रक्तकोष निर्माणमा ठूलो भूमिका हुन्छ । मिर्गौलाले हाम्रो शरीरमा इलेक्ट्रोलाइटसँगै स्वडियम, पोटासीयम, म्याग्नेसियम र फस्फोरसलाई सन्तुलित राख्छ । हड्डीलाई अति आवश्यक भिटामिन डी उत्पादन गर्छ जसले हड्डी बलियो बनाउँछ ।

यसका साथै हाम्रो शरीरको रक्तचापलाई सन्तुलित राख्न सहयोग पु¥याइरहेको हुन्छ । पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् ।

उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाण्डुको बालाजुमा पल्पसाको घर छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement