पालुङ–नौबिसे सडक खण्डमा पहिरो, सयौं सवारीसाधन रोकिए

पालुङ–नौबिसे सडक खण्डमा पहिरो, सयौं सवारीसाधन रोकिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।

सो सडक खण्डको सात घुम्तीमा माथिबाट पहिरो खस्दा शुक्रबार विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानी खोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन् ।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए ।

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।