अखिल र नेबिसंघ स्ववियु निर्वाचनबाट भागिरहेको छ : पञ्चा सिंह

अखिल र नेबिसंघ स्ववियु निर्वाचनबाट भागिरहेको छ : पञ्चा सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागीरहेको आरोप लगाएकी छन ।

अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहिबार काठमाण्डुमा आयोजित राजनितीक प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ सिंहले यस्तो आरोप लगाएकी हुन ।

लामो समयदेखी अबरुद्ध स्ववियू निर्वाचन गराउन पटक पटकको ताकेता गर्दा पनि संगठनहरु बीचको संवादले निष्कर्ष दिन नसकेको भन्दै नेतृ सिंहको यस्तो प्रतिकृया आएको हो ।

अध्यक्ष सिंहको भनाई उदृत गर्दै अखिल(क्रान्तिकारी)का नेता सञ्जीव रेग्मीले ‘विद्यार्थी आन्दोलनमा दर्जन बढी संगठन क्रियाशिल रहदै गर्दा निरन्तर स्ववियू निर्वाचन अवरुद्ध हुनुले विद्यार्थी संगठनहरु माथी नै प्रश्न उठेको’ बताएको जानकारी दिए ।

कार्यक्रममा महासचिव दिपेश पुन सहित उपाध्यक्षद्वय तुकमान महरा र जीपी मैनालीले समसमायिक प्रशिक्षण मन्तब्य राखेका थिए ।