काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाएको निर्णय सुनाएकाे स्राेतले जानकारी दियाे ।
‘औपचारिक रुपमा आइसकेको छैन् । तर, आन्तरिक रुपमा उहाँ नै अध्यक्ष भएको घोषणा गरिएको छ,’ अखिल स्रोतले भन्यो ।
क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । उनी अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी हुन् ।




प्रतिक्रिया