मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोडभन्दा बढी विगो माग

मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोडभन्दा बढी विगो माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनिहरुविरुद्ध मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।

मुद्दा दायर हुनेमा हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्य रहेका छन् ।

कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा दायर गरिएको जनाइएको छ ।