पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या


एजेन्सी – अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो ।

हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ । त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन् ।

युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन् । तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ । गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो । युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ ।

यसरी मारिनेमा अब्दुल सामी नाम गरेका व्यक्ति पनि छन् । स्थानीय पसले उनका दुई सन्तान छन् । तालिबान उपत्यकामा अघि बढ्दै गर्दा ती व्यक्तिले आफू सामान्य पसले रहेको र युद्धसँग कुनै सरोकार नरहेको बताएका थिए । तर तिनै व्यक्तिको तालिबानले हत्या गरेको हो ।

एनआरएफका लडाकुलाई सिमकार्ड बेचेको आरोपमा तालिबानले उनलाई नियन्त्रणमा लिएर हत्या गरेको हो । उनलाई तालिबानका लडाकुले नियन्त्रणमा लिएको केही दिनपछि हत्या गरी शव घर नजिकै फालेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार उनलाई गम्भीर यातना दिएर मारिएको हुन सक्ने देखिन्छ। गएको अगस्ट १५ मा तालिबानले काबुलसहित अफगानिस्तानका अरु क्षेत्रमा नियन्त्रण कायम गर्दा पान्जशिर भने कब्जामा आएको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement