काठमाडौं – आठ जना भारतीयको ज्यान गएपछि सरकारले मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्बन गरेको छ ।
माघ ६ गते रिसोर्टमा बसेका ८ जना भारतीय नागरिकको निसास्सिएर ज्यान गएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।
समितिले रिसोर्टले सुरक्षात्मक उपाय नअपनाएको, व्यवस्थापकीय कमजोरी रहेको र स्तर वर्गीकरण पनि नगरेको पाइएको भन्दै रिसोर्ट निलम्बन गर्न सिफारिस गरेको थियो ।
समितिको सिफारिस अनुसार मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत एभरेष्ट पानोरमा रिसोर्ट ३ महिनाको लागि निलम्बन भएको जनाएको छ । अब वातावरणीय प्रभाव मुल्यांकन स्विकृत गराएर मात्रै रिसोर्ट सञ्चालन गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया