पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालकाअनुसार प्याराग्लाइडिङ कम्पनीका पाइलटको मृत्यु भएको हो भने उडानमा सँगै रहेकी एक युवती घाइते भएकी हुन् ।

दुर्घटनामा परी काठमाण्डु बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी हुन् । घाइते श्रेष्ठको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा–२८, कालिका घर भएका पाइलट राजु गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो ।