काठमाडौँ – गत मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५मा भएको कार दूर्घटनाबारे नायिका तथा मोडल परमिता राणाले आफू पनि उक्त कारमा सवार रहेको स्वीकार गरेकी छन् । मादक पदार्थ सेवन गरेर चार जना सवार कारले सडकको पेटीमा हिँडिरहेकी गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भएको थियो ।
दुर्घटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाएको थियो । चौथो यात्रु को थिए भन्ने बारे खुल्न सकेको थिएन । यता प्रहरीले पनि चौथो व्यक्तिको नाम गोप्य राखेको थियो ।
आफूमाथि आरोप लागे पनि दुर्घटना भएको एक महिनासम्म राणा मौन थिइन् । सामाजिक सञ्जालमा राणाले आरोप स्वीकार गरेकी छन् । सामाजिक सञ्जालमा राणाले उक्त दिन दुर्घटना गराउने बा १४ च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको खुलासा गरेकी छन् ।
‘सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चार जना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गयो,’ उनले लेखेकी छिन्, ‘यो सत्य नहोस् र यो सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कार भित्र म पनि एक यात्रु थिएँ । म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु । मप्रति जनताले देखाएको आक्रोशलाई बुझ्छु ।’
चार सन्तानले आफ्नो प्रिय आमा र एक पतिले आफूलाई साथ दिने पत्नी गुमाएको भन्दै हरेक विहान आफ्नो हृदय र आत्मामा पीडा र शोक लिएर ब्युझने कुरा भगवानलाई मलाई थाहा भएको उल्लेख गरेकी छिन् । ‘अब म कहिल्यै पहिलेको जस्तो व्यक्ति हुनसक्दिनँ,’ उनले लेखेकी छिन् ।
‘मापसे गरेर गाडी चलाउनु विकल्प नभएर आफू र अरुलाई सुरक्षित राख्ने मैले चाँडै बुझ्नुपर्थ्यो । मेरो जीवनको हरेक पलमा मलाई मारिरहने छ कि एउटा निर्दोषको ज्यान गएको छ । मैले यो पीडा जीवन भर लिएर बाँच्नुपर्छ ।’
परमिताले आफूले पनि आफ्नो पितालाई कार दुर्घटनामा गुमाएको बताउँदै आफूलाई आमाले हुर्काएको र परिवारको सदस्य साथमा नहुनुको पीडा आफूलाई थाहा भएको पनि बताएकी छिन् ।
सामाजिक सञ्जालमा आफूबारे आएको सन्देश देखेर आफू हरेक दिन र रात रुने गरेको राणाले बताएकी छिन् । घटनापछि परिवारको वकिलले नै आफ्नोबारे नकारात्मक कमेन्ट गर्नेलाई ब्लक गर्न सुझाव दिएको र उनले भने अनुसार आफूले अरुलाई ब्लक गरेको खुलाएकी छिन् ।
उनले भनेकी छन्, ‘त्यसपछि मैले मेरो पारिवारिक वकिललाई सम्पर्क गरें र कठोर अवस्थाको तनाव अगाडी मैले आफैंलाई नोक्सानी पुर्याउने प्रयास गर्दा के भएको थियो भनेर सोधें । उनले मलाई मेरा सबै सामाजिक सञ्जालका ह्यान्डलहरु डिलिट गर्ने सल्लाह दिए र मानिसले मलाई के भनेका थिए भन्ने विषय नपढ्नका लागि सल्लाह दिए । तर मैले उनको कुरा वास्ता गरिन र सबै घृणायुक्त मेसेज र कमेन्टहरु हेरें । म रातदिन चिच्याएँ । त्यसपछि उनले मलाई सबै नेगेटिभ मेसेज कमेन्टहरु ब्लक गर्नका लागि सल्लाह दिए । मैलें पनि सोही अनुसार गरे । जे भएको थियो त्यो गलत भएको थियो र म त्यो बिर्सन सक्दिन । कारमा बस्नका लागि भनिएको विषय स्वीकार गर्दै मैले आफूले आफैंलाई धिक्कारे । कार चलाईरहेका व्यक्ति म्यूचियल फ्रेन्ड थिए । मैले उनलाई भेट्दा उनी सधैं राम्रो व्यवहार गर्थे र राम्रो बोल्दथे । त्यो रात पनि उनको व्यवहार राम्रो थियो र हामीलाई उनले ब्रेकफास्टका लागि प्रस्ताव गरे । म उक्त समयमा भोकाएको थिएँ र खानाका लागि आएको प्रस्ताव हुन्छ भने । हामी टाढा जाँदैछौं भन्ने मैले थाहा पाए र यस किसिमको घटना हुन्छ भन्ने पनि मलाई अलिअलि थाहा थियो । यदी मैले भविष्यको बारेमा थाहा पाएको भए र क्याबलाई घरमा लैजान्थें र सधैजसो सुत्दथे । तपाई मध्ये धेरैलाई थाहा छ कि म ठूलो आवाजको संगीत र नाच्नका लागि मन पराउँछु । यो मेरो थेरापीनै हो ।’




प्रतिक्रिया