काठमाण्डु – परराष्ट्र सेवाका पाँचजना उपसचिव सहसचिवमा बढुवा भएका छन् । लोकसेवा आयोगले ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा उपसचिव तेजबहादुर क्षेत्री, घनश्याम लम्साल र सुधीर भट्टराई, कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गरेको हो ।
बढुवा भएकामध्ये क्षेत्री, अर्याल र ओली मन्त्रालयमा कार्यरत छन् भने लम्साल दक्षिण अफ्रिका र भट्टराई ब्रसेल्स नियोगमा कार्यरत छन् । सहसचिव बढुवामा परेका उपसचिवहरू २०५४ सालमा एकैपटक परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।




प्रतिक्रिया