काठमाण्डु – पूर्व युवराज पारस शाहको घरमा चोरी भएको छ । उनले पोखरा महानगरपालिका–६ लेकसाइड स्थित बुलौदीमा भाडामा लिएको घरमा सोमबार चोरी भएको हो ।
उनी विगत केही समयदेखि पोखरामा भाडामा घर लिएर बस्दै आएका थिए । पोखरामा चोरी गरेर भागेका ती व्यक्तिलाई काठमाण्डुमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख, एसएसपी अशोक सिंहले बताए ।
चोरीमा संलग्न बारा जिल्ला घर भइ शाहकै निवासमा काम गर्दै आएका २५ वर्षीय कामदार शुभ गौतम रहेको प्रहरीले जनाएको छ । गौतमलाई काठमाण्डु महानगरपालिका–२६ मित्रनगर स्थित न्यु राप्ती गेस्टहाउसबाट चोरीका सामानसहित पक्राउ गरिएको हो ।
प्रहरीले गौतमको साथबाट चोरी भएका २ थान आई प्याड, २ थान दूरबिन, क्यामेरा र मोबाइल बरामद गरेको थियो । उक्त सामान प्रहरीले पूर्व युवराज शाहलाई फिर्ता गरिसकेको छ । गौतममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया