ट्रोलमा पारस–सोनिका सम्बन्धः भन्छन्, ‘म राजा बन्दिनँ, अब साधु बन्छु’


काठमाडौँ– सदयौँसम्म शासनसत्ता चलाएको तत्कालीन राजपरिवार । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह । तिनै ज्ञानेन्द्रका छोरा अर्थात पूर्वयुवराज पारस शाह।

०६२-०६३ को जनआन्दोलनसँगै राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्र नागार्जुन पुगेका छन् बेलाबेला धार्मिक कार्यक्रमका नाममा देश दौडाहामा हुन्छन्, उनी । तर, यो बीचमा उनका छोरा पारसको चर्चा सेलाएन । कुनै न कुनै कान्डमा मुछिए पारस । कहिले थाइल्यान्डमा रहेको प्रेमसम्बन्ध त कहिले आफ्त्नी पत्नीसँगको सम्बन्ध समधुर नभएको विषय । पारस फेरि चर्चामा आएका छन् । उनको नाम जोडिएको छ, मोडल तथा युट्युबर सोनिका रोकायासँग।

एक युवकले पारसले सोनिकालाई मोटरसाइकलमा राखेर हिँडेको भिडियो अपलोड गरेपछि सामाजिक सञ्जाल तातेको छ। सामाजिक सञ्जालमा पारस र सोनिकालाई ट्रोल समेत बनाइएको छ । हुन् तयसअघि पनि सोनिकाले पारससँगका कैयन् पटक तस्वीर शेयर गर्ने गरेकी थिइन् । सोनिकाका भनाइमा उनी पारससँग ३ महिनादेखि नजिक छन् । पारसले भने आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको बताउँदै भनेका छन्, ‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

खबरहबमा उल्लेख भएअनुसार उनले भनेका छन्, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’

पछिल्लो समय पारसलाई निर्मल निवासमा निषेध गरिएको छ। जुन कुरा पारसले पनि स्वीकार गरेका छन्। आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गर्दै उनले भनेका छन्, ‘धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement