पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था कस्तो छ ?

पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हृदयघात भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको थापाथलीस्थित नर्भिक अस्पतालले जनाएको छ ।

आईतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएकोमा मुटुमा स्टेन राखेर उपचार भइरहेको छ ।

डा. यादव भट्टको टोलीले साहको उपचार गरिरहेको छ । नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राका अनुसार पूर्वयुवराज पारस आईसीयूमै भए पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।

पारसमा पटक–पटक हृदयघातको समस्या देखिने गरेको छ ।