सोनिकासँग जोडिए पूर्व यूवराज पारस, भिडियो बन्यो भाइरल


काठमाडौं – पूर्व यूवराज पारस शाह बेला बेलामा चर्चामा छाइरहन्छन् । कहिले प्रहरीलाई कुटपिट गर्छन् त कहिले सडकमा बेतोडले गाडी हुँइकाउँछन् । कहिले उनी होश गुमाएको अवस्थामा भेटिन्छन् ।

त्यस्तै पारस र युट्युवर सोनिका रोकायाको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै नेपाली भएको बताएका छन् ।

‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । त्यसपछि उनको बाइकमा एउटा केटी बस्छिन् । उनलाई लिएर मोटसाइकल हुइकिन्छ । मोटरसाइकलको पछाडि बस्ने केटी उनै सोनिका हुन् ।

अश्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्वयुवराज पारससँग बारम्बार देखिन थालेकी छन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो ।सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement